प्रेस विज्ञप्ति
मितिः २०६२ बैशाख १ गते ।
काठमाडौं, बैशाख १ गते । फोटो कर्न्सन प्रा.ली.ले ४५ औं वाषिर्कोत्सवका अवसरमा आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्यो ।
बि.सं २०१६ सालमा स्थापना भएको सो कम्पनीमा अहिले करीब १५० कर्मचारीहरू कार्यरत रहेको कुरा सो वाषिर्कोत्सवका अवसरमा जानकारी गराइयो ।
कार्यक्रममा कम्पनीमा काम गर्ने कर्मचारीहरू मध्ये राम्रो काम गर्ने कर्मचारीहरूलाई विभिन्न पुरस्कार तथा प्रमाणपत्रहरू उपलब्ध गराइएको थियो ।
सो अवसरमा कम्पनीका कर्मचारी धर्म लामालाई यो वर्षो उत्कृष्ट कर्मचारी पुरस्कारबाट सम्मानित गरिएको थियो भने अन्य २८ जनालाई राम्रो काम गरकोमा प्रशंसापत्र प्रदान गरिएको थियो । त्यस्तै १२ जना कर्मचारीलाई विशेष प्रशंसापत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै कम्पनीका अध्यक्ष तथा संस्थापक डी.बी थापाले फोटोग्राफीका क्षेत्रमा भएको प्रविधिको विकासले यो पेशा अहिले निकै सरल सहज भएको र विगतमा जस्तो समस्या झेन्नु नपर्ने बताउनुभयो ।
त्यस्तै सो कम्पनीकी निर्देशक सिर्जना थापाले कर्मचारीहरूलाई नयाँ वर्षो शुभकामना व्यक्त गर्दै अगामी दिनमा लगनशील र कर्तव्यनिष्ट भएर काम गर्न अग्रह गर्नुभयो ।
फोटो कर्न्सनले आफ्नो व्यबसायका साथ साथै विभिन्न खाले सामाजिक कामहरू पनि गर्दै आएको छ । |